कर्णालीका बादी समुदाय भन्छन्, जमिन नदिए जंगल फडानी गरेर बस्छौ

सुर्खेत : पाँच दिनदेखि जमिन र घरको माग गर्दै मुख्यमन्त्री कार्यालय गेटअगाडि धर्नामा बसेका कर्णालीका बादी समुदायले आफ्ना मागहरूको सुनुवाइ नभए जंगल फाडेर बस्ने चेतावनी दिएका छन् । पाँच दिनसम्म पनि खुल्ला आकाशमुनि धर्नामा बस्दा पनि आफ्ना मागप्रति कर्णाली सरकारले सुनुवाइ नगरेको भन्दै उनीहरू जंगल फाडेर बस्ने चेतावनी दिएका हुन् ।
बादी समुदायका अगुवा हरिबहादुर बादीले सरकारले आफूहरूका मागप्रति बेवास्ता गरेको बताए । ‘हामीहरूलाई सिडियो कार्यालयबाट कस्तो निर्णय गरिदिन्छन् त्यही आधारमा अघि बढ्छौ’ उनी भन्छिन्, ‘बस्नलाई जमिन नदिए जंगल भए पनि फाडेर बस्छौ बरु जेल जान पनि तयार छौ ।’
कर्णाली सरकार र बादी समुदायका अगुवाको शुक्रबार भएको छलफलबाट शिक्षा, स्वास्थ्यको व्यवस्थापन गरिदिने र जमिनको लागि जिल्ला प्रशासन कार्यालयमा छलफल गरिने सहमति भएपछि सिडिओको निर्णय पर्खिएको अर्का बादी अगुवा खिमबहादुर बादीले बताए । ‘मुख्यमन्त्रीसँग भएका सहमति मौखिक मात्र भएकोले यो लिखित सहमति हुनुपर्छ’ उनले भने, ‘जमिनको लागि सिडिओ कार्यालयबाट हामीलाई कस्तो निर्णय हुन्छ त्यही अनुसार अघि बढ्छौ ।’
बादी समुदायको एकीकृत बस्ती विकासको माग गर्दै धर्नामा बसेको पार्वती बादीले बताइन् । सबैभन्दा पहिला जमिनको व्यवस्था हुनुपर्ने उनको भनाई छ । ‘हामीलाई गास, बास र कपासको व्यवस्था हुनुपर्छ’ उनी भन्छिन् ‘हामी पनि यही देशको नागरिक हौ ।’
पाँच दिन यता जमिन माग्दै कर्णालीका बादी समुदाय मुख्यमन्त्री कार्यालय गेटअगाडि धर्नामा बसेका छन् । उनीहरूले खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताएका छन् ।
माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका यी समुदाय परम्परागत पेशा लोप भएपछि संकटमा रहेका छन् । परम्परागत पेशा लोप भएपछि साँझबिहानको गुजरा चलाउन पनि समस्या भएको बादी समुदायका अगुवा हिक्मत बादीले बताए । ‘हामीलाई माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ । मादल र सुल्पा बिक्री हुँदैनन,’ उनी भन्छन् ‘हाम्रो अरु केही विकल्प नभएपछि जमिन र घर माग्दै सरकार गुहार्न आएका हौं।’
स्थानीय सरकारलाई आफ्ना गुनासा सुनाउँदा उनीहरुबाट सुनुवाई नभएपछि प्रदेश सरकारसँग जमिन माग्न सुर्खेत आएको धर्ना बसेका प्रेम बादीले बताए । जमिन र घर माग्दै आएका बादी समुदायसँग अहिले छाना, नाना र खाना छैन । चिसो मौसममा खुल्ला आकाशमुनि धर्नामा बसिरहेका छन् ।
साना काखेबच्चा च्यापेर पनि धर्नामा बसेका छन् । खुल्ला चौरमा धर्नामा बसेका वृद्ध तथा गर्भवती महिलाहरू समस्यामा छन् । कतिपयलाई रुघा खोकी र ज्वरो आउने समस्या देखिएको उनीहरूको भनाइ छ । धर्नामा कालिकोट, दैलेख र सुर्खेतका आठ सय बढी बादी समूदायको सहभागिता रहेको छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया