श्रीमानको निधनलगत्तै श्रीमती पनि रहिनन्

जनकपुरधाम : धनुषामा एक वृद्ध दम्पतिको ५ मिनेटको अन्तरालमा मृत्यु भएको छ । सहिदनगरपालिका-१ कुम्भकर्ण टोलमा पति ९१ वर्षीय रामखेलावन यादवको मृत्यु भएको पाँच मिनेटपछि उनकी श्रीमती ८८ वर्षीया सुमिन्त्रादेवी यादवको मृत्यु भएको हो ।
स्थानीयका अनुसार रामखेलावनको सोमबार बिहान ७:४५ बजे मृत्यु भएपछि ७:५० बजे सुमिन्त्रादेवी यादवको मृत्यु भएको हो । छिमेकी नरेश यादवका अनुसार बिहान उठेर नित्य कर्म गरेसँगै रामखेलान पत्नीसँगै चिया खाएपछि त्यसको केही बेरमै उनको छाती दुखेको थियो । छोरा उपेन्द्र यादव पसलबाट औषधि लिएर आउने बितिकै ७ बजेर ४५ मिनेटमा रामखेलानको मृत्यु भयो ।
मृतक दम्पत्ति दुवैको एउटै चितामा अन्त्यष्टि सोमबार दिउँसो गरिएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया