नेपालगञ्जदेखि ठाकुरद्वारासम्म नाट्टाको पर्यटक बस सञ्चालनमा

काठमाडौँ : बाँकेको नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म नाट्टाको पर्यटक बस सञ्चालन भएको छ । शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले रिवन काटेर पर्यटक बसको सञ्चालन भएको घोषणा गरेका हुन् ।
नेपालगञ्जबाट सुरु भएको पर्यटक बस बर्दियाको मैनापोखर, बढैयाताल, गुलरिया, मधुवन, ओरालीबजार हुँदै ठाकुरद्वारा पुगेको हो । ठाकुराद्वारा पुगेका पर्यटन व्यवसायीले नियमित बस सञ्चालनबारे बहस तथा छलफल गरेर नेपालगञ्ज फर्किनेछन् ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा बाँकेले स्वीफ्ट होलिडे कम्पनीसँग सहकार्य गरेर पर्यटक बस सञ्चालन गरेको हो । हप्तामा दुई दिनसम्म बस सञ्चालन गर्ने नाट्टाको योजना छ ।
यसका लागि व्यापक प्रचार प्रसार र पर्यटन गतिविधि बढाउने योजना रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए । यो रुटमा सञ्चालन भएपछि नेपालगञ्जदेखि सुर्खेतको देउतीबज्यै, प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, कपिलवस्तुको तिलौराकोट लगायतका ठाउँमा पनि पर्यटक बस सञ्चालन गर्ने तयारी छ ।
तर यसका लागि नेपालगञ्ज-ठाकुरद्वारा रुटमा नियमित बस सञ्चालन हुने अवस्था सिर्जना गरिने सिग्देलको भनाई छ । ‘हामी नेपालगञ्जबाट पर्यटक बस चढेर ठाकुरद्वारा पुगेका छौँ’ सिग्देलले भने, ‘सबैको साथ, सहयोग र समन्वयमा पर्यटक बस नियमित र व्यवस्थित रुपमा चलाउने योजना छ । यसका लागि सरोकारवालाले पनि साथ दिन जरुरी छ ।’

पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’

‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण सुरू

निजी क्षेत्रसमेतको सहभागीतामा कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन समिति गठन

पाँच महिनामा पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आए,सबैभन्दा धेरै भारतीय

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव: नाट्टा

पर्यटक सवारीसाधनलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाउन आग्रह

बार्सिलोनामा ‘सगरमाथा उत्सव’

प्रतिक्रिया