‘इंग्लिस ब्याट्सम्यानहरू डराएका खरायो जस्ता देखिए’

काठमाडौँ: भारतसँग लज्जास्पद पराजय ब्यहोरेपछि इंग्लिस क्रिकेट टिमको आलोचना हुने क्रम जारी छ । आलोचना गर्ने सूचीमा इंगल्यान्डकै पूर्वकप्तान नासेर हुसेन पनि थपिएका छन् ।
अमदाबादमा भएको तेस्रो टेस्टमा इंगल्यान्डका ब्याट्सम्यानले कुल दुई सय रन पनि बनाउन नसकेपछि घरेलु टिमले सहज जित दर्ता गरेको थियो । यसै सन्दर्भमा आफ्नो प्रतिक्रिया दिदै हुसेनले इंग्लिस ब्याट्सम्यानलाई डराएका खरायोसँग तुलना गरेका छन् ।
अहमदाबादको पिचका बारेमा इंगल्यान्डका खेलाडीहरूबाट गुनासो आइरहेको बेला हुसेन पनि त्यसमा सहमत देखिए । तर पिच जती खराब भए पनि इंगल्यान्ड ८१ रनमा अल–आउट हुनु लज्जास्पद भएको उनको ठहर थियो । ‘इंग्लिस खेलाडीहरू एकदमै डराएका खरायोहरू जस्ता देखिए । अहमदाबादको पिच चेन्नाईको जस्तो सहज नभए पनि ८१ रनमा आउट हुनु भनेको अकल्पनीय हो, ’ हुसेनले बेलायती टेलिभिजन च्यानल स्काई स्पोटर्ससँग कुरा गर्दै भने ।
इंगल्यान्डका लागि ९६ टेस्ट खेलेका ५२ वर्षिय हुसेनले अन्तिम टेस्ट जित्न इंग्लिस ब्याट्सम्यानहरूले पहिलो इनिङमा ठूलो योगफल तयार पार्नुपर्ने बताए । ‘इंग्लिस खेलाडीहरू मानसिक रूपमा बलियो देखिन जरुरी छ । पिच र अम्पायरका बारेमा जती गुनासो गरे पनि अन्तिममा खेल जित्न प्रदर्शन नै बलियो गर्नुपर्छ । गएको खेलमा हारका बाबजुद केही सकारात्मक पाटाहरू पनि थिए । हामीले त्यसलाई निरन्तरता दिदै बलियो खेल देदखाउन जरुरी छ,’ हुसेनले बताए ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया