बुमराह भारतीय टिमबाट बाहिरिए

काठमाडौँ: भारतीय क्रिकेट टिमका बलर जसप्रित बुहराहले इंगल्यान्डविरुद्धको चौँथौँ टेस्ट नखेल्ने भएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ) का अनुसार बुमराहले मार्च ४ बाट सुरु हुने टेस्ट ब्यक्तिगत कारण देखाउँदै नखेल्ने भएका हुन् ।
बीसीसीआइले बुमराहको ठाउँमा अर्को खेलाडी नल्याउने पनि बताएको छ । बुमराहको अनुपस्थितीमा भारतीय क्रिेकट टिम १७ खेलाडीमा सिमित हुनेछ । बिहीबार मोटेरामा सम्पन्न अन्तिम टेस्टमा बुमराहले घरेलु समर्थकका अगाडि खेल्ने मौका पाएका थिए । इंगल्यान्डविरुद्वको सिरिजबाटै भारतीय टेस्ट टिममा पहिलो पटक मौका पाएका बुमराह चेन्नाईमा सम्पन्न पहिलो टेस्टमा चार विकेट लिएका थिए । दोस्रो टेस्टमा टिममा नपरेका बुमराहले तेस्रो टेस्टमा अपेक्षाकृत भूमिका पाएनन् ।
बुमराहलाई रिलिज गरिएपछि भारतीय टिमको बलिङ विभाग उमेश यादव र मोहम्मद सिराज जस्ता पेसरहरुको भर पर्नेछ । अस्ट्रेलिया भ्रमणका क्रममा चोट बोकेका यादव फिट भएपछि इंगल्यान्डविरुद्धको तेस्रो टेस्टबाट फिर्ता बोलाइएका हुन् । त्यस्तै, भारतीय टिमसँग कुलदिप यादव र हार्दिक पान्ड्या पनि विकलपका रूपमा रहनेछन् ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया