पत्रकार खशोग्जीको हत्या योजना साउदीका युवराज मोहम्मदले बनाए : अमेरिका

काठमाडौँ : साउदी अरबका युवराज सलमान बिन मोहम्मदले निर्वासनमा रहेका साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्ने योजनामा बनाएको दाबी अमेरिकाले गरेको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा हत्या योजना युवराज मोहम्मदले बनाएको उल्लेख छ । गुप्तचर निकायको रिपोर्ट सार्वजनिक गर्दै राष्ट्रपति जो वाइडन प्रशासनले साउदी अरबका युवराजले नै खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको प्रष्ट्याएको छ ।
साउदी युवराज नै संलग्न रहेर पत्रकार खशोग्जीको हत्या गरेको अमेरिकाले पहिलो पटक नाम नै किटान गरेर आरोप लगाएको हो । यद्यपि अमेरिकाले पहिलेदेखि नै साउदी पत्रकारको हत्याको बारेमा विभिन्न धारणा बाहिर ल्याउँदै दरबार निकट व्यक्तिलाई लक्षीत गर्दै आएको थियो । खशोग्जीको हत्या टर्कीको स्तनबुलमा सन २०१८ मा भएको हो ।
साउदी वाणिज्य दूतावासभित्र उनको हत्या भएको थियो । स्तनबुलमा रहन आवश्यक पर्ने कागजपत्र मिलाउन वाणिज्य दूतावास जाँदा त्यही उनको हत्या भएको हो । लामो समयदेखि उनले साउदी सरकारको आलोचना गरेका समाचार लेख्दै आएका थिए । खशोग्जी हत्या प्रकरणको त्यतीबेला विश्वभर विरोध भएको थियो । हत्या भएको सवत्र आलोचना भएपछि साउदीको अदालतले हत्यामा संलग्न पाच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर गत वर्ष सेप्टेम्बरमा उनीहरूको फाँसीको सजायलाई २० वर्ष कैदमा परिणत गरिदिएको छ ।
साउदीका युवराज सलमानले खशोग्जीको हत्या गर्ने आदेश आफूले नदिएको भन्दै अमरिकी दाबीलाई मिथ्या आरोप भन्दै आएका छन् । साउदीले पत्रकार खशोग्जी हत्यामा साउदीकै एक एजेन्ट सहभागी भएको दाबी गर्दै आएको छ । पत्रकार खशोग्जीलाई सुरक्षित तवरले साउदी नै ल्याउने भनिएको तर एजेन्टले हत्या नै गरेको भन्दै आएको छ, साउदी सरकारले पहिले देखि नै ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया