हाइटीको जेलबाट कैदी भाग्न खोज्दा भएको झडपमा २५ को मृत्यु
पोर्ट ओ प्रिन्स : हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।
“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरूको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए ।
झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै छन् । उनीहरूलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरू भाग्न नसकेको उनको भनाइ छ ।
मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरूले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरूले पनि स्विकार गरेका छन् । हाइटीमा जेल तोडफोड हुने र कैदीहरू भाग्ने तथा उनीहरूको मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन् । रासस

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया