नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ रिहा

लागोस : नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ जना अपहरणको १० दिनपछि मुक्त भएका छन् । नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी (छात्रा)हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले सशस्त्र समूहले अपहरण गरी लगेका ४२ जनालाई रिहा गरिएको हो ।
सरकारको पहलमा शनिबार मुक्त भएका विद्यार्थीहरूलाई नाइजर राज्यको प्रशासनले आफन्तको जिम्मा लगाएको गभर्नर अबुबाकर सानी बेलोले ट्वीटरमार्फत् जानकारी गराएका छन् । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार अपहरणमा परेका ३१७ विद्यार्थीको खोजी भइरहेको प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
उनले भने, “सशस्त्र समूहले बिहीबार राति एक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरूलाई सम्पर्कमा ल्याउन सुरक्षा अधिकारीले पहल जारी राखेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।”
स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् । (रासस)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया