नेकपाको कुन समूहलाई सहयोग गर्ने भन्ने निर्णय पार्टीले गरेको छैन : महामन्त्री कोइराला

हेटौडा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब संसद्मा नेकपाको कुन समूहलाई सहयोग गर्ने भन्नेबारे धारणा अहिलेसम्म नबनाएको बताएका छन् । रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताए ।
उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”
महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । पहिला नेकपा कानुनी रूपमा विभाजित भएपछि मात्रै पार्टीले कसलाई सहयोग गर्ने भन्ने धारणा बनाउने उनले बताए । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया