उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुने
काठमाडौँ : देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहान बुलेटिन निकाल्दै मुलुकका पहाडि भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
दिउँसो प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १ का पहाडी भू-भागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। दिउँसो : प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशकाका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
सोमबार प्रदेश १, गण्डकी र सुदुरपस्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। मंगलबार भने प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ।
महाशाखाले देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया