अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर दाहाल सर्वोच्चमा

काठमाडौं :अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालतमा पुगेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध अधिवक्ता समिर हायुले रिट दायर गरेका थिए ।
रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सात दिनभित्र आफैं लिखित जवाफ पेश गर्न दाहाललाई आदेश दिएको थियो । सोही आदेशअनुसार दाहालले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न लागेका हुन् ।
काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने ‘लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यो अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया