सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस दिने

काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर बाँड्ने घोषणा गरेको छ । आइतबार बिहान साढे १० बजे बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४ सय रुपैयाँको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने उल्लेख छ । जुन १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ हुन्छ ।
बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशतले हुन आउने रकम ६८ लाख ५९ हजार ५ सय ५० रुपैयाँ नगद लाभांश समेत गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गर्ने निर्णय गरेको हो । प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत प्राप्त भएपछि यस डेभलपमेण्ट बैंकको १६ औं साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने उल्लेख छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया