सलाह लिभरपुलमै रहने छन् : योर्गेन क्लप

काठमाडौँ: लिभरपुलका प्रशिक्षक योर्गेन क्लपले मोहम्मद सलाह आउँदा सिजनमा पनि मर्सिसाइड क्लबमै रहने बताएका छन् । केही महिना अघि इजिप्टका फरवार्डले लिभरपुलसँगको भविष्य अन्यौलमै रहेको भन्ने अभिब्यक्ति दिएका थिए । जसका कारण उनी स्पेनिस ला लिगा जान सक्ने हल्ला चल्दै आएको छ ।
आगामी सरुवा बजारमा सलाहको स्थान्तरण हुन सक्ने हल्ला चले पनि त्यसले उनको प्रदर्शनमा भने असर परेको छैन । सलाहले जारी प्रिमियर लिगमा १७ गोल गरिसकेका छन् ।
‘सलाहले लिभरपुलमा कस्तो खेलेका छन्, त्यो मैले भनिरहनु पर्दैन । सबैकुरा तथ्यांकले बोल्छ । उनी हाम्रो टिमका महत्वपूर्ण सदस्य हुन् । फगत फरवार्ड मात्रै होइनन् । आशा छ उनी लामो समय सम्म लिभरपुलमै रहनेछन्,’ क्लपले भने ।

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

प्रतिक्रिया