सेयर बजारमा चार महिनायताकै भारी गिरावट
शिखर इन्स्योरेन्सको १ अर्बको सेयर किनबेच

काठमाडौं : आइतबार सेयर बजारमा चार महिनायताकै भारी गिरावट आएको छ । झन्डै ८० अंकले खस्किएको नेप्से परिसुचक २४७४ दशमलव ३९ बिन्दुमा झरेको हो । २१ मंसिरमा १ सय २३ अंकले घटेको नेप्से १ हजार ९ सय ३२ दशमलव ११ बिन्दुमा पुगेको थियो ।
अधिकांश बैंक तथा वित्तीय संस्थाहरूको साधारणसभा सकिएको छ । साधारणसभाले पारित गरेको बोनश सेयरपछि मुल्य समायोजन हुने क्रममा रहेको कम्पनीको बिक्री गरिरहेकाले नेप्से ओरालो लागेको हो ।
त्यसो त सबैभन्दा धेरै गिरावट बैंक, वित्त र बीमा समूहमा आएको छ । जीवन बीमा समूहको परिसूचक ६२४ अंकले झरेको छ । म्यानुफ्याक्चरिङ समूहको परिसूचक १९८.२ अंक, जलविद्युत परिसूचक ६७.१५ अंक र अन्य समूहको सूचक ८१.३५ अंकले तल झरेको छ।
भर्खरै बोनस सेयर नेप्सेमा सूचीकृत भएको गणपति माइक्रोफाइनान्सको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । एक सय ८ रुपैयाँले घटेर यो माइक्रोफाइनान्सको सेयर मुल्य प्रति कित्ता एक हजार ४ सय ३४ रुपैयाँ पुगेको छ ।
तीन साताअघि मात्रै सर्वाधिक ठूलो साधारण सेयर जारी गरी कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मुल्य ६.४५ प्रतिशतले घटेको छ । समग्र बजारको परिसूचक कमजोर देखिए पनि चन्द्रागिरी हिल्सको सेयरमा भने उच्च वृद्धि भएको छ । चन्द्रागिरीको सेयर मूल्य ९ दशमलव ८१ प्रतिशतले बढेर चार सय १४ रुपैयाँ पुगेको छ ।
आइतबार झन्डै ८ अर्ब ३५ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ९६ हजार १ सय ५१ पटकको कारोबारमा एक करोड ६० लाख कित्ता सेयर किनबेच भएको छ । एक अर्ब २ करोड रुपैयाँको मात्रै शिखर इन्स्योरेन्सको सेयर किनबेच भएको छ । दोस्रोमा निफ्राको उच्चतम कारोबार भएको छ । निफ्राको ६३ करोड ४९ लाख रुपैयाँ बराबर सेयर किनबेच भएको छ । त्यसपछि ग्लोबल आइएमइ बैंक, पुनर्बीमा कम्पनी, नेपाल लाइफ इनस्योरेन्स र एनआइशी एसिया बैंक छन् । ग्लोबल आइएमइको ३४ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । बजार पुँजीकरण ३४ खर्ब ९ करोड रुपैयाँ पुगेको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया