सांग्रीलाको सेयर कारोबार रोक्का, कारोबारकै समयमा बोनस बाँड्ने सूचना चुहियो

काठमाडौं : दोस्रो बजारमा सेयर कारोबार चलिरहेको समयमा सांग्रीला डेभलपमेन्ट बैंकले बोस सेयर वितरणको सूचना चुहिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बैंकविरुद्ध कारबाही गरेको छ । नेप्सेले सांग्रीलाको सेयर किनबेचमा रोक लगाएको छ ।
आइतबार बिहान १०:३० बजे बसेको सञ्चालक समितिले आफ्ना सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर बाँड्ने निर्णय गर्यो । तर, सोही दिन कारोबार चलिरहेको अवधिमा समितिले यो प्रस्ताव नेप्सेको इमेलमा पठायो । नेप्सेको वेबसाइटमार्फत बोनस वितरणको सार्वजनिक रुपमै जानकारी बाहिर आयो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को बिनियम २२ (१)(घ) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्नै सूचना, जानकारी, तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णयहरु नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर, बैंकले कारोबार चलिरहेकै समयमा प्रस्ताव पठाएपछि नेप्सेले कारबाही गरेको हो ।
कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का गरिएको छ । तीनदिन भित्र के कति कारणबाट समयमानै जानकारी दिन नसकेको स्पष्टिकरण पेश गर्न नेप्सेले पत्र पठाएको छ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया