भारतलाई कोभिडमुक्त बनाउँछौ : मोदी

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोभिड-१९ मुक्त बनाउने दाबी गरेका छन् । आइतबार कोभिड भ्याक्सिनको पहिलो डोज लगाएको फोटो सार्वजनिक गर्दै मोदीले भारतलाई चाँडै नै कोभिड मुक्त बनाउने दाबी गरेका हुन् ।
उनले एम्स अस्पताल पुगेर कोभिडको पहिलो डोजको खोप लगाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले विश्वव्यापी रुपमा डाक्टर र वैज्ञानिकहरुले कोभिडविरुद्धको लडाईलाई सशक्त बनाएका पनि दाबी गरेका छन् ।
कोभिड १९ बाट सबैभन्दा धेरै संक्रमित हुने भारत दोस्रो देश हो । एक करोड ११ लाख बढी संक्रमित हुँदा डेढ लाखले ज्यान गुमाएका छन् । भारतले अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रजेनिकाको सहयोगमा कोभिशिल्ड खोप निर्माण गरेर लगाइरहेको छ । जुन खोप मोदीले पनि लगाएका हुन् ।
नेपालले पनि कोभिशिल्ड खोप भारतबाटै ल्याएको हो । सुरुमा १० लाख डोज कोभिड खोप अनुदानमा ल्याएको नेपालले हालै २० लाख डोज खोप खरिद गरेको छ । त्यसमध्ये पहिलो चरणमा १० लाख डोज खोप काठमाडौँ ल्याइसकेको छ ।

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया