फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौँ : सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनकाअनुसार यस बाहेक सोमबारको मन्त्रिपरिषद् बैठकले अरु कुनै निर्णय गरेको छैन । ‘२३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ,’ ती मन्त्रीले भने, यस बाहेक अरु कुनै निर्णय भएको छैन ।’
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया