आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सबैको लघुवित्तले ११.०५ प्रतिशत लभांश बाँड्ने

काठमाडौं : सबैको लघुवित्त वित्तीय संस्थाले आफ्‍ना सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने भएको छ । आइतबार बसेको लघुवित्तको सञ्‍चालक समितिको बैठकले यस्तो निर्णय गरेकव हो ।

प्रस्तावअनुसार १० दशमलव ५० प्रतिशत बोनस सेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश बाँड्नेछ । चैत १४ गते बस्ने साधारणसभाले यो प्रस्तावलाई पारित गरेपछि लघुवित्तले वितरण गर्नेछ ।

समितिले चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।