आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

धमाधम भोट दिंदै अमेरिकी

तस्बिरः बीबीसी

काठमाडौं : विश्व शक्तिराष्ट्र अमेरिकामा आगामी चार वर्षका लागि नयाँ राष्ट्रपति चयनको मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको छ । नेपाली समय अनुसार मंगलबार बेलुकाबाट मतदान शुरु भएको हो ।

अमेरिकाको स्थानीय समयअनुसार मंगलबार विहान छ देखि आठ बजेसम्ममा सबै स्थानबाट मतदान सुरु भइसक्नुपर्छ । प्रत्यक्ष मतदान अर्थात अन्तिम मतदान आज मंगलबार हुने भएपनि सोमबार अवेरसम्म हुलाक र इमेल मार्फत सात करोड बढि अमेरिकी नागरिकले मतदान गरिसकेका छन् । यसलाई उनीहरूले ‘अर्लि भोट’ भन्छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौ मतदाताले मतदान गर्दछन् ।

साढे पच्चिस करोडले मत दिन सक्छन । तर, कति प्रतिशत मत झर्छ त्यो मंगलबार अवेर अर्थात नेपाली समय अुनसार बुधबार विहान थाहा हुनेछ । राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकनका तर्फबाट उम्मेदबार छन् भने बाराक ओवामा राष्ट्रपति रहँदा उपराष्ट्रपति रहेका जो वाइडन डेकोक्र्याटिक तर्फबाट उमेदवार छन । दुवैबीच कडा प्रतिशपर्धा हुने बताइएको छ ।

प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी जेष्ठ नेतालाई नै पर्ने भएको छ । वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्तीलाई औल्याएका छन् । कोभिड १९ मा ट्रम्प चुकेको भन्दै त्यहाँ कडा आलोचना भइरहेको छ । चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको भए पनि ट्रम्प पनि कमजोर नभएको बताइएको छ ।

अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरूलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । कुल ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ, उसैलाई विजयी भएको मानिन्छ । सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् । यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गर्छन् ।

अमेरिकामा हरेक चार चार वर्षको नोभेम्बर एक पछिको पहिलो मंगलबार निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउसमा बस्‍ने चलन छ ।