म टोटनहममा खुशी छु : ग्यारेथ बेल

काठमाडौँ: प्रिमियर लिगमा आइतबार टोटनहमलाई बर्नलीविरुद्व जित दिलाउन महत्वपूर्ण योगदान प्रदर्शन गरेका ग्यारेथ बेलले आफू लन्डन क्लबमा खुशी रहेको बताएका छन् । घरेलु रंगशालामा टोटनहमले बर्नलीमाथि ४-० को जित दर्ता गर्दा बेलले दुई गोल गर्नुका साथै एक असिस्टको योगदान गरेका थिए ।
सिजनको सुरुवातमा रियल म्याड्रिडबाट पुरानो क्लब फर्केका बेलको नाममा नौ लिग खेलमा गरेको पाँच गोल र असिस्ट रहेको छ । बर्नलीसँगको खेलमा सुरुवाती एघारमा मौका पाएका बेलले जोसे मौउरिन्होको पूर्ण विश्वास जित्न भने सकेका छैन । लिगमा कुल १७ खेलमा टोटनहमको टिममा परेका बेलले पहिलो एघारमा रहँदै तीन खेल मात्रै खेलेका छन् । सिजनको सुरुवातबाटै अपेक्षाकृत मौका नपाएका बेल रियल नै फर्कन चाहेको बताइँदै आएको छ ।
तर आइतबारको जितपछि भने बेलले आफू टोटनहममा खुशी रहेको प्रतिक्रिया दिए । ‘यस सिजन हामीले सोचे अनुसारको नतिजा निकाल्न सकेका छैन । त्यसकारण पनि यो जितमा योगदान गर्न पाउन हर्षित छु । मैले धेरै खेल खेल्न पाएको छैन । तर टिमले धेरै खेल खेल्न बाँकी नै छ । त्यसकारण मैले आउँदा सातामा मौका पाउनेछु,’ बेलले भने, ‘म टोटनहम फर्कन पाएर खुशी छु । यहाँको वातावरण राम्रो छ । टिमलाई अधिकतम अंक बटुल्न सहयोग गर्ने मेरो लक्ष्य हो ।’
जितसँगै टोटनहम लिग अंक तालिकाको आठौँ स्थानमा उक्लेको छ । शीर्ष चारमा रही सिजनको अन्त्य गर्न चाहिरहेको टोटनहम चौँथौँ स्थानमा रहेको वेस्टह्याम भन्दा चार अंकले पछि छ । टोटनहमले आउँदो बिहीबार फुलहमको सामना गर्दैछ भने त्यसको तीन दिनपछि क्रिस्टल प्यालेसँग खेल्नेछ । दुई लन्डन क्लबको चुनौती सामना गरेपछि टोटनहमको ध्यान युरोपा लिगमा डिनामो जागरेबसँगको खेलतर्फ हुनेछ ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया