कोहली क्रिकेट खेलको शिखरमा छन् : म्याक्सवेल

काठमाडौँ: अस्ट्रेलियन अल-राउण्डर ग्लेन म्याक्सवेलले आफू विराट कोहलीसँग खेल्न उत्साहित रहेको बताएका छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) को आउँदो संस्करण रोयल च्यालेन्जर्स बेगंलोरबाट खेल्न लागेका म्याक्सवेलले भारतीय टिमका कप्तान कोहली क्रिकेट खेलको शिखरमा रहेको भन्न पनि भ्याए ।
पन्जाब किंग्सबाट रिलिज भएपछि म्याक्सवेल यसै महिना भएको आइपीएल अक्सनबाट कोहलीको कप्तानीमा रहेको बेगंलोरसँग आवद्व भएका हुन् । ‘म नयाँ यात्राका लागि उत्साहित छु । कोहलीले सबै फरम्याटको क्रिकेटमा राम्रो गरेका छन् । उनी यस खेलको शिखरमा छन् । भारतको कप्तानले धेरै दबाब सहनु पर्छ । उनले सबै प्रकारको दबाब सहेर पनि टिमलाई सफलता दिलाएका छन्,’ म्याक्सवेलले अस्ट्रेलियन एसोसियटेड प्रेससँग कुरा गर्दै भनेका छन् ।
अप्रिलको दोस्रो साताबाट सुरु आइपीएलमा कोहलीले बेगंलोरलाई बलियो नेतृत्व प्रदान गर्ने अपेक्षा गरेको पनि म्याक्सवेलले बताए । ‘म उनको खेल नजिकबाट नियाल्नेछु । खेल दौरान मात्रै होइन, अभ्यासमा पनि । अनि टिमलाई कसरी प्रभावकारी नेतृत्व प्रदान गर्ने भन्नेबारेमा पनि उनीबाट सिक्ने प्रयास गर्नेछु,’३२ वर्षीय म्याक्सवेलले भने ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया