भिटेन नपक्रन उच्च अदालतको आदेश (आदेशसहित)

काठमाडौं : पाटन उच्च अदालतले र्यापर भिटेन उर्फ समीर घिसिङलाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्युरोको नाममा आदेश गरेको छ । अदालतले गीतसंगीतको विषयमा फौजदारी कानुन आकर्षित नहुने भन्दै उनलाई पक्रन नमिल्ने आदेश जारी गरेको हो ।
एक हप्ताअघि प्रहरीले भिटेनले संगठनको बदनाम गर्नेगरी गीत गाएको भन्दै पक्रन साइबर ब्युरोलाई निर्देशन दिएको थियो । त्यस लगत्तै गीत प्राइभेट गरेका भिटेनले प्रेस विज्ञप्ति जारी गर्दै गीत केही संसोधन गरेको जानकारी गराएका थिए । तर, प्रहरीले खोजी जारी राखेपछि निषेधाज्ञाको माग गर्दै भिटेन दुई दिनअघि अदालतको शरणमा पुगेको थिए । भिटेनको रिट निवेदनमा अदालतले उनको पक्षमा फैसला गरेको हो ।
एक वर्षअघि पनि प्रहरीले भिटेनलाई प्रहरीको बर्दीमा लागुपदार्थ सेवन गरिरहेको दृश्य देखाएको भन्दै केही दिन थुनामा राखेको थियो । बुबाको जमानीमा छुटेका भिटेनले ठिक एक वर्षपछि प्रहरीलाई तथानाम गर्दै गरेको गीत र भिडियो सार्वजनिक गरेका थिए ।
र्यापर ब्याटल हुँदै गायनमा भित्रिएका भिटेनमाथि ‘छाडापन’लाई ब्रान्ड बनाएको आरोप लाग्ने गरेको छ । उनले गीतमा प्रहरीसँगै महिलालाई पनि तुच्छ शब्दले सम्बोधन गर्ने गरेका छन् ।

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

प्रतिक्रिया