पोखरा एयरपोर्टमा डिपो बनाउन निगमले तयार पार्यो ले-आउट प्लान

काठमाडौं : नेपाल आयल निगमले पोखरा क्षेत्रीय विमानस्थलको ९ हजार ३ सय वर्ग मिटर जग्गामा हवाई इन्धन डिपो निर्माण गर्न ले-आउट प्लान तयार पारेको छ । निगमले हवाईजहाज रिफ्यूलिङका लागि आवश्यक पर्ने हवाई इन्धन डिपो निर्माणका लागि 'ले-आउट प्लान एन्ड ड्रइङ' तयार पारेको हो ।
९३०० वर्ग मिटर क्षेत्रफलको जग्गामा हवाईइन्धनको डिपो र एटीएफ (जेट ए-वान) को भण्डारण निर्माण गर्दैछ । ले-आट स्वीकृतिका लागि निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको छ ।
सुरुवाती ले-आउटमा ७ हजार ३ सय वर्ग मिटर निगमलाई इन्धन भण्डारणका लागि स्वीकृति दिइएको थियो । निगमले पटक-पटक पत्राचार गरेर ४० दिनका लागि इन्धन स्टोरेज गर्न मिल्ने गरी डिपो बनाउन जग्गा चाहिने जनाएको थियो । गत कात्तिक २८ मा २ हजार वर्ग मिटर जग्गा निगमलाई उपलब्ध गराउने पर्यटन मन्त्रालयले निर्णय गरेको थियो । सोही अनुसार निगमले नयाँ ले-आउट तयार पारेको हो ।
गत बिहीबार संघीय संसद् राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

प्रतिक्रिया