नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

काठमाडौँः नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २० जना कोभिड संक्रमितको मुत्यु भएसँगै मृतकको संख्या एक हजार नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार १४ जना कोभिड संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार १ सय १४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७९ हजार ६ सय १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार देशभर तीन हजार १ सय ४२ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ४१ हजार १ सय ३४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, हाल आइसोलेसनमा ३७ हजार ४ सय ७६ जना रहेका छन् भने क्वारेन्टाइनमा बसिरहेका संक्रमितको संख्या एक हजार २ सय ७७ जना रहेको मन्त्रालयले जनाएको छ ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

प्रतिक्रिया