दाइजो उन्मूलन गर्न सामुहिक वैवाहिक कार्यक्रम

जनकपुरधाम : मधेशी समुदायमा व्याप्त रहेकाे दाइजो प्रथा उन्मूलन गर्ने उद्देश्यले महोत्तरीको पिपरा गाउँपालिकाद्वारा सामुहिक वैवाहिक कार्यक्रम गरेको छ ।मिथिला वैदिक परम्परा अनुसार साेमबार सम्पन्न वैवाहिक कार्यक्रममा उमेर पुगेका ७ जाेडीकाे विवाह सम्पन्न भएकाे हाे ।
गाउँपालिकास्थित एक विद्यालयमा भव्य समाराेहकाबीच आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडीको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । वैवाहिक कार्यक्रममा परम्परालाई ख्याल गर्दै हिन्दु वैदिक अनुसार मिथिला क्षेत्रमा प्रयाेग हुने सम्पूर्ण रितिरिवाज अपनाइएकाे थियाे । वधुकाे कन्यादान गाउँपालिका अध्यक्ष चौधरीले गरेका थिए । वरवधु जाेडीकाे लत्ता कपडा, मण्डप तथा पण्डाल सजावट, परम्परा अनुसार बेहुला पक्षबाट गएका जन्ती र बेहुली पक्षका व्यक्ति खानपिन अतिथी सत्कार लगायतकाे व्यवस्थापन गाउँपालिकाबाटै गरिएकाे थियाे ।
यसका साथै बधुकाे गरगहना र विवाहपछि विदाइमा दिइने दराज, पलंग लगायतका सामानहरुसमेत उपहार स्वरूप दिइएकाे अध्यक्ष चाैधरीले बताए । दाइजोप्रथाका कारण सबैभन्दा बढी पीडित आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका छाेराछाेरीहरू विवाहमा कुनै समस्या नहाेस भन्ने उद्देश्यले कन्यादान योजना ल्याइएकाे र याे प्रत्येक वर्ष चलिरहने उनले बताए ।
उनले भने ‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’ सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । उनले जनाए अनुसार वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । यस अघि वैवाहिक कार्यक्रम अन्तर्गत मटकोर विधिसमेत सम्पन्न भएको थियो । पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी समेत खुशी देखिएका थिए ।
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुवा र छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया