सोसिडाडसँग रियलको बराबरी, बार्सिलोनालाई उछिन्ने मौका गुमायो

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल सोसिडाडसँग बराबरी खेलेको छ । सोमबार राती भएको खेलमा रियलले सोसिडाडसँग एक एक गोलको बराबरी खेलेको छ ।
खेलमा अग्रता भने सोसिडाडले लिएको थियो । उसका लागि म्यानजेनेराले गोल गर्दै टिमलाई दोस्रो हाफको ५५ औँ मिनेटमा अग्रता दिलाएका थिए । गोल खाएपछि दबाबमा परेको रियलले खेलको अन्तिम समयमा बराबरी गोल फर्कायो ।
उसका लागि भिन्सियस जुनियरले बराबरी गोल गरे । बराबरीसँगै बार्सिलोनालाई उछिन्ने अवसर रियलले गुमाएको छ । तेस्रो स्थानमा रहेको रियलको समान ५३ अंक भएको छ । समान अंक भएको बार्सिलोना गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेर ५८ अंक भएको एथ्लेटिको मड्रिड भने शीर्ष स्थानमा छ ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया