बुधबार आउँदै भारतीय स्थल सेना प्रमुख : राजनीतिक तहको वार्ताको ढोका खोल्ने

काठमाडौं : भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई मुलुकबीच रहेको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउँदै समझदारीको उचाईमा पुर्याउने विश्वास दुवै तर्फबाट ब्यक्त भएका छन । बुधबारदेखि हुने उनको नेपाल भ्रमणलाई परराष्ट्र अधिकारी र नेपाली सेनाले दुई मुलुकबीचको सम्वन्ध सुधार र सहकार्यको औपचारिक थालनिको खुट्किलो भनेका छन् ।
उच्च अधिकारीहरुले यसरी भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणलाई परम्परागत भ्रमणको रुपमा हेरिए पनि यो राजनीतिक र कूटनीतिक भ्रमणको तयारीको रुपमा लिइएको छ । परम्परा अनुसार नै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा उनी बुधबार नेपाल आउँदैछन् ।
पशुपति दर्शनसँगै नरवणेले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् । दुई मुलुकबीच एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने परम्परा अनुरुप त्यस्तो दर्जा उनले ग्रहण गर्न लागेका हुन । उक्त सम्मानपछि अन्य राजनीतिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ । नरवणेले आफ्ना नेपाल समकक्षीसँग दुईपक्षीय छलफल समेत गर्ने कार्यक्रम तय छ ।
कालपानी, लिम्पियाधुरा र लिपुलेक लगायतका सीमा विवादका कारण विगत केही महिनादेखि काठमाडौं र नयाँदिल्लीबीच राजनीतिक तहमा हार्दिक सम्बन्ध कायम नरहेका बेला नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ । विश्लेषकहरुले नरवणेको भ्रमणले राजनीतिक तहको सम्बन्धलाई पुनः अगाडि बढाउन सहयोग मिल्ने धारणा बाहिर ल्याएका छन । त्यो धारणा कत्तिको सत्य हुने आगामी दिनमा हुने राजनीतिक भ्रमणको सुचारु र वार्ताले देखाउनेछ ।
‘दुई मुलुकका सेनाबीचको लामो र परम्परागत मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा हाम्रो छ,’ भारतीय दूतावासका नयाँ प्रवक्ता नविन कुमारले इकागजसँग भने, ‘दुई पक्षीय रक्षा साझेदारीका क्षेत्रका विषयमा छलफल गर्न अवसर प्रदान गर्ने र आपसी हितका लागि त्यसलाई थप सुदृढ बनाउन नयाँ अवसरहरुको ढोका खोल्ने विश्वास दुवै तर्फको छ ।’
भारतले कश्मीरलाई आफ्नो युनियन सरकार अन्तरगत राखेपछि नक्सा जारी गर्नेक्रममा नेपालको भूभाग आफ्नो तर्फ पारेको थियो । त्यतीमात्र नभएर गत वैशाखमा भारतले एकतर्फी ढंगले चीनको मानसरोवर जोड्ने पिथौरागढ-लिपुलेक सडकखण्डको उद्घाटन नै गर्यो । जसले गर्दा दुई मुलुकबीचको सम्वन्धमा तिक्तता बढ्दै गयो । भारतले नक्सा जारीगरेपछि विरोध पत्र लेखेको नेपालले उक्त सडक पनि नेपाली भूमिमा निर्माण गरेको भन्दै अर्को कूटनीतिक विरोध पत्र पठाएको थियो । तर, भारतले औपचारिक रुपमा कुनै कुरा राखेको थिएन ।
तर, यिनै नरवणेले नेपालका तर्फबाट जनाइएको उक्त विरोधका पछाडि विदेशी शक्तिको हात रहेको अभिव्यक्ति दिएका थिए । सोही कारण उनलाई मानार्थ नदिन पनि सरकारलाई आग्रह गरिएको छ । यद्यपी परम्परा र भारतसँग सम्वन्ध विस्तार गर्ने विन्दु भन्दै उनलाई मानर्थको लागि नेपाली सेनाले पहल गरेको हो । उनको तत्कालिन धारणाको चर्को आलोचनापछि नरवणेले आफ्नो अभिव्यक्तिलाई सच्चाउँदै नेपाल र भारतबीच घनिष्ट सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका थिए ।
सीमा विवादका कारण दुई मुलुकबीच सुमधुर सम्वन्ध भने बन्न सकेन । अहिले त्यो सम्वन्ध बनाउने विन्दुको रुपमा लिइएको छ । नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि सन्तोषबल्लभ पौड्यालले पनि उनको नेपाल भ्रमण परम्परागत र दुईपक्षीय सम्वन्ध विस्तारको एउटा हाँगा रहेको बताए । सेनामार्फत सम्वन्ध सुधार गरिएको उदाहरण छ । उनले यो भ्रमणमा मोवाइल अस्पताल टोकन सहयोगको रुपमा उपलब्ध गराउने र अन्य सुरक्षा सहयोगको घोषणा गर्ने भनिए पनि अझै स्पष्ट भैसकेको छैन ।
तर नेपाली भूभागमा भारतीय सेना रहेको विषय, सीमा मिचेको विषयलाई नेपालले कसरी आफ्नो धारणा राख्छ र नेपाली सेनाका प्रमुखले कसरी उनीमाथि दवाव दिन सक्छन त्यो भने उनी फर्कने दिनसम्ममा स्पष्ट होला । किनकी, समस्या समाधानमा नेपालले पटक पटक भारतलाई आग्रह गर्दा उसले वेवास्ता गर्दै आएको छ । नेपालले ऐतिहासिक प्रमाणलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूमि समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ । तर, त्यसलाई भारतले अस्विकार गर्दै आएको छ । नेपालको भूभाग पनि भारतले दावी गर्दै आएको अवस्थामा कसरी सम्वन्ध अघि बढ्छ यसै अड्कल काट्न सकिदैन ।
यो विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद समेत भैसकेको छ । भारतीय स्वतन्त्रता दिवसको दिनमा भएको उक्त संवादले नेपाल भारत सम्वन्धमा नयाँ आयम दिने बताएको थियो । कतिपयले यसलाई आइसब्रेक नै भनेका थिए । तरअझै पनि नेपाल र भारतबीच संयुक्त आयोग बैठक(परराष्ट्रमन्त्री स्तरीय) को टुंगो लाग्न सकेको छैन । परराष्ट्र सचिव शंकरदास बैरागी रहँदै नेपाल र भारतबीच संयुक्त आयोग बैठकको प्रयास भएको थियो । तर, भारतको वेवास्ताको कारण त्यो अघि बढ्न सकेको छैन ।

गर्भनर प्रकरणमा सुदन किराती बोलेः सिंहदरबारको कुशासनले गणतन्त्रमाथि खतरा बढ्यो

हुम्लाको चंखेली गाउँपालिकामा भारतीय दुतावासको सहायतामा पाँच शैय्याको अस्पता…

हिउँदे अविधेशनबाट पाँच विधेयक पारित

भैरहवा पुग्यो दीपक बोहराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री

राप्रपा नेता दिपक बोहराकाे निधन

प्रतिक्रिया