गाउँपालिकाको गाडीमा भेटियो लाखौँ रूपैयाँ, अध्यक्ष भने हाम फालेर गायब

जनकपुरधाम : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षको गाडीबाट लाखौँ रूपैयाँ बरामद गरेको छ । आयोगको केन्द्रीय कार्यालयबाट खटिएकको टोलीले सोमबार अध्यक्ष डम्बरबहादुर राउतको गाडीबाट ८ लाख रुपैयाँ बराबरको रकम बरामद गरेको हो ।
आयोगको टोलीले उक्त रकमसहित सरकारी नम्बर प्लेटको उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको छ भने अध्यक्ष राउत गाडीबाट हाम फालेर फरार भएको अख्तियार स्रोतले जनायो । गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानि दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको अख्तियारको दाबी छ ।
अध्यक्ष राउतमाथि १० लाख रुपैयाँ कमिसन मागेको सूचना पाएपछि अख्तियारको टोलीले उनलाई सोमबार दिउँसो साढे ४ बजेदेखि घेरामा हालेर छानविन सुरु गरेको थियो । करिब ३ घण्टाको छानविनपछि अख्तियारको टोलीले गाडीबाट लाखौँ रकम बरामद गरेको थियो । अध्यक्ष भने गाडीबाट कुदेर फरार भएका थिए । अध्यक्ष राउतको खोजी भइरहेको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले गाउँपालिका अध्यक्षको गाडीबाट रकम बरामद भएको र उक्त रकम कति हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

प्रतिक्रिया