सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

साना किसानको हकप्रद बिक्री प्रबन्‍धकमा नबिल

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको हकप्रद लिलाम गर्ने बिक्री प्रबन्‍धकमा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । गत पुस २८ मा लघुवित्तको १९औं वार्षिक साधारणसभाले ३ हजार ३ सय ६८ कित्ता संस्थापक र ९ हजार ७४ कित्ता साधारण हकप्रद सेयर निश्कासन गर्ने निर्णय पारित गरेको थियो ।

चैत १३ भित्र साना किसान सहकारी संस्‍थाहरूले प्रति कित्ता के कति दरमा कबुल गर्ने हो आवेदन बुझाउनुपर्ने उल्‍लेख छ ।