राष्ट्रपतिले वामदेवलाई भनिन् : पार्टी विभाजन हुनबाट राेक्न भूमिका खेल्नुस्

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेकपालाई विभाजन हुनबाट रोक्न भूमिका खेल्न नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डरीले उपाध्यक्ष गौतमलाई शतिल निवासमा बोलाएर पार्टीलाई एक राख्न भूमिका खेल्न आग्रह गरेकी हुन् ।
मंगलबार साँझ ५ बजेबाट आधा घण्टा भएको छलफलमा राष्ट्रपति भण्डारी र उपाध्यक्ष गौतमबीच नेकपाभित्र पछिल्लो समय देखिएको विवादबारे छलफल भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । ‘राष्ट्रपतिले पार्टी एक रहने पक्षमा उपाध्यक्षसँग चिन्ता लिनुभयो,’ गौतमलाई उध्रित गर्दै सुवेदीले इकागजसँग भने, ‘विगतमा पनि पार्टीमा विवाद हुँदा मिलाएको र अहिलेपनि मिलाउनका लागि समन्वयकारी भूमिका खेल्न आग्रह गर्नुभयो ।’
जवाफमा गौतमले पार्टीमा एकतासहित विधि, पध्दतीको स्थायीत्वका लागि आफूहरु लागिरहेको बताएका थिए । ‘हामी पार्टी एक राख्न र पार्टीमा विधि र पध्दतीको स्थायीत्व निर्माण गर्न लागिरहेका छौं,’ गौतमले राष्ट्रपतिलाई भनेका थिए, ‘अहिलेसम्म पार्टी एक राख्न लागिरहेको छु । आगामी दिनमा पनि लाग्छु ।’
भण्डारीले पार्टीलाई फुटबाट जोगाउन सक्रिय भएर लाग्न आग्रह गरेको र गौतमले आफू दत्तचित्त भएर लागेको बताएको सुवेदीले जानकारी दिए ।
नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको विवाद उत्कर्षमा छ । शनिबार दुई अध्यक्षबीच भएको भेटमा ओलीले पार्टी अलग अलग गर्ने प्रस्ताव गरेका थिए । ओलीले पार्टी अलग गर्न भनेको दाहालले खुमलटारमा आइतबार नेताहरूसँग बताएका थिए ।

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया