‘सानी’ गजलमा नौलो प्रयोग, बाचन र भिडियो कथा सँगसँगै !
काठमाडौँ : गजल युवा पूस्ताको रोजाईको साहित्यिक विधा हो । सामान्यतया बाचन गरेर अरुबाट वाहीवाही पाउने गजल विधा गायनतर्फ पनि त्यत्तिकै रुचाइन्छ । तर गजल बाचन गर्दै भिडियो कथा प्रस्तुत गर्ने नयाँ शैली पनि युवाहरुले पछ्याएका छन् ।
त्यसमध्येका एक हुन्, विशाल तिमल्सिना । उनले गजल बाचन गर्दै त्यसलाई भिडियो कथामा पनि देखाउने प्रयास गरेका छन् । प्रेम रसको गजललाई उनले बाचन गर्दै भिडियो कथामा प्रस्तुत गरेका छन् । भिडियो कथामा गजलमा प्रयोग भएका बिम्ब र भावअनुसार अभिनय पनि देखिन्छ । जसले दर्शकलाई बाध्न सक्छ ।
विशाल आफैले बाचन गरेको गजलमा एलिशा आचार्यसँग भिडियोमा पनि देखिएका छन् । गजल बाचन गर्दै जाँदा संगीतले यसलाई पृथक बनाउने प्रयास छ । समुल तामाङले संगीत भर्दा ‘सानी’ शीर्षकको गजललाई पवन भुजलले भिडियो कथा निर्देशन गरेका हुन् । जो युवा पूस्ताको रोजाईको विषय हुन सक्छ ।
भिडियोमा सिनेम्याटोग्राफी कमजोर रहेपनि यो शैली युवा पुस्ताले रुचाउने सम्भावना छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया