रुखमा झुण्डिएका पुरुषको शव भेटियो

मकवानपुर : हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा-१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ ।
मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

अवैध लागूऔषध गाँजासहित एयरपोर्टबाट विदेशी पक्राउ

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजितो

दूध शुद्ध छ कि छैन ? यसरी पत्ता लगाउनुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया