नेपाली भूभाग मिचिएको हल्ला मात्रै हो : चीन

बेइजिङ : चीनको परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नेपाली भूभागमाथि चीनले नमिचेको दाबी गरेका छन् । डेली टेलिग्राफका पत्रकारको प्रश्नको जवाफ दिँदै उनले निराधार हल्ला भएको र कुनै सत्यता नभएको बताएका हुन् ।
डेली टेलिग्राफका पत्रकारले नेपाली राजनीतिज्ञको हवाला दिँदै चिनियाँ सेनाले चीनसँग सिमाना जोडिएका ५ वटा क्षेत्रहरूमा गरी १५० हेक्टर भन्दा बढी जमिन मिच्नुका साथै नदीको बहावलाई समेत मोडेर जमिनलाई आफ्नो भन्दै दाबी गरेको छ भन्दै चिनियाँ परराष्ट्र मन्त्रालयसँग सो सम्बन्धमा जवाफ दिन आग्रह गरेको थियो ।
प्रवक्ता वनपिनले डेली टेलिग्राफको रिपोर्टको आधारमा प्रश्न गरिएको हो कि भनी उल्टै उक्त पत्रकारलाई प्रतिप्रश्न गरेका थिए । साथै प्रवक्ता वनपिनले उक्त रिपोर्ट पूर्णतया झुट र निराधार भएको पनि प्रस्ट्याए । प्रवक्ता वनपिनले उक्त रिपोर्ट पूर्ण रूपमा हल्ला भएको ठोकुवा गर्नुका साथै उत्तरदायी भावनासँग तथ्यहरू प्रमाणित गरेर मात्रै कुनै रिपोर्ट बनाउन उक्त पत्रकारलाई आग्रह गरे ।
यस अघि हुम्लामा चीनले अतिक्रमण भएको तथा चिनियाँ पक्षले भवनहरू समेत निर्माण गरेको भन्ने समाचार प्रकाशित भएपछि नेपालको परराष्ट्र मन्त्रालयले यसको खण्डनसमेत गरेर उक्त भूभाग चीनकै भएको विज्ञप्ति जारी गरेको थियो । साथै काठमाडौंस्थित चिनियाँ दूतावासले पनि एक विज्ञप्ति जारी उक्त भवनहरू चिनियाँ भूभागमै रहेको र नेपालले निरीक्षण गर्नसक्ने जनाएको थियो ।

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

प्रतिक्रिया