एनआरएनए अमेरिका युवा संयोजकमा उप्रेतीको उम्मेदवारी घोषणा

अमेरिका : गैरआवसीय नेपाली संघ (एनआरएनए) को अमेरिका च्याप्टरको आगामी निर्वाचनमा युवा संयोजक पदमा टेक्सासका ओजेश उप्रेतीले उम्मेदवारी दिने भएका छन् । आउँदो मे महिनामा हुने निर्वाचनमा उप्रेतीले दुरदर्शी एनआरएनए अमेरिका निर्माणका लागि युवाहरुको मजबुत हातेमाला भन्ने नाराका साथ उम्मेदवारी दिने बताएका हुन् ।
एनआरएनएमार्फत राजनीति गर्नेभन्दा पनि सामाजिक सेवा गर्नुपर्ने र त्यसका लागि युवाहरुको भूमिका बलियो बनाउनु पर्ने उप्रेतीको भनाई छ । अमेरिकामा रहेका नेपाली विद्याार्थी तथा युवाहरुको चर्चित समूह ‘नेपाली रविनहुड’ नामक समूहसँग आवद्व उप्रेती विक्तिय साक्षरता, युवा स्वरोजगार र सामुदायिक विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आइरहेका छन् । उनले अमेरिकामै नेपालका भूकम्प पीडित र पुनःनिर्माणका लागि आर्थिक सहयोग संकलनका लागि ‘नेपाल राइज अगेन’ अभियान सञ्चालन गरेका थिए ।
युवाहरुलाई बित्तिय जानकारी, स्वरोजगारका अवसर, प्रविधिको आदानप्रदान र सशक्तीकरणको बाटोमा अभिप्रेरित गर्न आफुले सक्दो भूमिका खेल्ने उप्रेती बताउँछन् ।

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

एनआरएनए इजरायल अध्यक्षमा अली महम्मद मियाँको उम्मेदवारी घोषणा

एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर…

एनआरएनए जापानमा रमेश गिरीको क्षेत्रिय सह-कोषाध्यक्षमा उम्मेदवारी

एनआरएनए अष्ट्रेलियाको निर्वाचनमा सन्तोष कुँवर प्यानल : को को छन् समूहमा ?

प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर,मिसन सहित लागे एनआरए…

जापानमा नेपाल पभिलियन भोलि देखि खुला हुँदै

प्रतिक्रिया