पर्सिबाट ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ खुल्दै

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपिओ) शुक्रबारबाट खुल्ने भएको छ । यसअघि आइतबारदेखि खुलाउने भनिएको यो इन्स्योरेन्सको आइपिओ शुक्रबार खुल्ने भएको हो ।
प्राविधिक कारणवश शुक्रबारदेखि खुलाउन लागेको कम्पनीले स्पष्टीकरण दिएको छ । प्रति सेयर एक सय रुपैयाँ अंकित दरमा ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गर्नेछ । जारी पूँजीको ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जानकारी दिएको छ ।
बाँकी ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो । १० कित्ता न्यूनतम वितरण गर्दा ५ हजार ९४ हजारले सेयर हात पार्ने सम्भावना देखिएको छ ।

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकाल…

लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

चितवन निकुञ्ज क्षेत्रमा साहसिकतामा रमाउँदै ‘नेचर गाइड’ महिला

सुन प्रतितोला १ लाख ९१ हजार

आजदेखि ट्रेड टावरको आइपीओ निष्कासन

स्वाभिमान लघुवित्त वित्तीयको वैशाख १९ गते वार्षिक साधारण सभा

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

प्रतिक्रिया