शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

पूर्वसभामुख महरा पत्‍नी सीताको निधन

काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । उपचारको क्रममा सीताको बुधबार बिहान ६:२५ बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

५९ वर्षीया सीता माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित रहेकी थिइन् ।

दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याएर नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा सीतालाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको अस्पतालले जनाएको छ ।