श्रद्धालाई बुहारी बनाउन कुनै आपत्ति छैन : राकेश श्रेष्ठ

मुम्बई : माल्दिभ्समा श्रद्धा कपुरको आफन्तको बिहेमा रोहन श्रेष्ठ पनि सँगै देखिएपछि नेपाली मुलका रोहन श्रेष्ठ र श्रद्धा कपुर प्रेममा रहेको कुरा कुनै रहस्य रहेन । बलिउड अभिनेत्री पद्मिनी कोल्हापुरेको छोराको विवाहमा सहभागी हुन माल्दिभ्स पुगेका दुवै केही फोटोमा सँगै देखिएका पनि थिए ।
यसरी फोटोमा सँगै देखिएपछि फेरि एक पटक श्रद्धा र रोहनको प्रेम र विवाहको चर्चा बलिउडमा चलेको छ । यसअघि बरुण धवनको विवाहमा पनि रोहन श्रेष्ठले दिएको शुभकामनामा बरुणले पनि सांकेतिकमा रुपमा रोहनलाई पनि बधाइ दिएपछि श्रद्धा र रोहन विवाह गर्ने तयारीमा रहेको चर्चा चलेको थियो ।
तर, यो खबरलाई थप पुष्टि गरेको छ टाइम्स अफ इन्डियाले । टाइम्स अफ इन्डियाले रोहनका बुबा राकेश श्रेष्ठसँग कुरा गर्दै दुवैको परिवार छोरा–छोरीको निर्णयलाई स्वागत गर्न तयार रहेको समाचारमा उल्लेख गरेको छ ।
टाइम्स अफ इन्डियाले यसअघि श्रद्धा कपुरका बुबा शक्ति कपुरसँग यही विषयमा कुरा गरेको थियो । सो अवसरमा शक्तिले आफू छोरीले जे निर्णय गर्छिन् त्यसमा आफूले आपत्ति नजनाउने बताएका थिए । यता रोहनका बुबा राकेश श्रेष्ठले उनीहरूले विवाह गर्ने निर्णय गरे आफू उनीहरूका लागि जे गर्न पनि तयार रहेको बताएका छन् । ‘यदि उनीहरू विवाह गर्ने निर्णय गर्छन् भने म खुशीसाथ गर्ने कुरा गर्छु । मेरो शब्दकोशमा आपत्ति भन्ने शब्द छैन,’ राकेशले भनेका छन् ।
रोहन र श्रद्धा बच्चैदेखिका साथी हुन् । तर, उनीहरूको अफेयर भने अलि पछि मात्र सुरु भएको हो । रोहनसँग नाम जोडिनु अघि श्रद्धाको नाम आदित्यरोय कुपुर र फरहान अख्तरसँग जोडिएको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया