थोत्रा टायरबाट सजिएको गमला

नेपालगञ्ज : धेरैलाई लाग्ला मोटर, गाडीका थोत्रा टायर काम लाग्दैनन् । तर त्यसो होइन रहेछ काम नलाग्ने भनेर फ्याँकिएका टायरलाई बनायो भने निकै राम्रो देखिन्छ । फ्याँकिएका टायरहरु बटुल्दै नेपालगन्जका सुर्य गरुङले त्यहि पुराना टायरबाट गमला बनाई रहेका छन् ।
जुन गमला अहिले स्थानीयहरुका घर, आगनमा सजाउने काममा प्रयोग भइरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका-४ सल्यानी बंगालाका ५५ वर्षीय सुर्य गुरुङ गाडीका पुराना टायरबाट गमला बनाउन व्यस्त छन् । उनलाई कोभिड-१९ कहर, लकडाउनले कुनै असर गरेको छैन् ।
सामाजिक सञ्जालमा टायरबाट निर्मित गमलाहरुको तस्बिर देखेर प्रेरित भएका उनले फालिएका टायरबाट मनग्गे पैसा कमाइरहेका छन् । बिना लगानी कबाडीमा पाइने सामग्रीबाट गमला बनेको देखेर आफु सुरुमा आकर्षित भएको उनी बताउँछन् ।
कोभिड-१९ का कारण लामो समय लकडाउन भइरहेका बेला उनले सुरुमा टायरको गमला आफ्नो घरका लागि मात्रै बनाएका थिए । सोही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि उक्त गमलाको माग भएपछि बल्ल उनले अरुका लागि बनाउन थालेका हुन् ।
एक सय बढि टायरबाट बनाइएका नयाँ प्रकारका गमला बनाई उनले बिक्रि गरिसकेका छन् । फालिएका टायर, फालिएका प्लाष्टिकका बोत्तल, फलामको रड, बालुवा र सिमेन्ट प्रयोग गरेर उनले आकर्षक गमला बनाउने गरेका छन् । गमलाको आयु कम्ती ५० वर्षसम्म रहने उनको भनाई रहेको छ । उनी लकडाउनकै समय अवधिमा १ लाख ५० हजार बढि रकम आम्दानी गरिसकेको बताउँछन् ।
आफुले बनाएका गमलाको माग बमोजिम उपलब्ध गराउन नसकेको बताउँछन् । उनको यो नयाँ खालको व्यवसाय फस्टाउँदै गएपछि कर्मचारीहरु बढाएर व्यवसायलाई अघि बढाउने सोचमा उनी छन् ।

आइयुसिएन क्षेत्रीय काउन्सिलरमा रोशनीलाई समर्थन गर्न नेपालको आग्रह

गर्मीमा नरिवल पानी : तिर्खा पनि मेटाउने, स्वास्थ्यका लागि वरदान पनि

यस्तो छ आजको राशिफल

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता

वातावरणमैत्री विकासमा जोड दिन आयोगको आग्रह

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

प्रतिक्रिया