‘प्रेमगन्ज’लाई पनि चाहियो कलाकार

काठमाडौं : २५ वर्षदेखि स्पटब्वाईको रुपमा काम गरिरहेका राजु फुयालले निर्माण गर्ने सिनेमा ‘प्रेमगन्ज’ले पनि कलाकार माग गरेको छ । निर्माण टिमले मुख्य भूमिकामा अभिनय गर्ने तीन जना कलाकारका लागि अडिसन गर्ने जनाएको हो । यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।
उनले फिल्ममा दुई हिरो र तीन हिरोइन रहने जानकारी गराउँदै फिल्मका लागि एक जना हिरो फाइनल भए पनि हिरोइनका लागि भने अडिसन गर्न लागेको जानकारी गराए । उनले फिल्ममा २० वर्षको दुई जना अभिनेत्री र सोही उमेरका अभिनेता अडिसन मार्फत लिने योजना अनुसार अडिसन कल गरिएको जानकारी गराए ।
फिल्मको सुटिङ वैशाखदेखि गर्ने योजना रहेको पनि निर्देशक परिच्छेद सेनले जनाए । सेनले फिल्म प्रेमकथा विधाको रहेको जानकारी गराएका छन् । फ्लोरमा जाने क्रम बढेसँगै फिल्मकर्मीले अडिसनमार्फत नयाँ कलाकार खोज्न थालेका छन् । यसअघि ‘प्रकाश’, ‘बिहे पास’ आदि फिल्मले पनि अडिसन गरेर कलाकार छानेका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया