ट्राफिकले २७ मोटरसाइकल भेट्टाएर धनीलाई बुझायो

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई हप्तामा चोरी भएका २७ मोटरसाइकल बरामद गरेको छ । उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल बरामद गरिएको हो । ति मोटरसाइकल महाशाखाले बिहीबार सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको छ ।
महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले मोटरसाइकल बरामद गरेको हो । उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्वर, बुढानिलकण्ठ, टोखा, नयाँ बसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुरबाट मोटरसाइकल बरामद भएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।
‘लामो समयसम्म एकान्त वा अँध्यारो स्थानमा मोटरसाइकल पार्किङ गर्दा चोरी हुने देखिएको छ,’ उनले भने, ‘चोरीमा संलग्न व्यक्तिलाई हामीले आवश्यक कारबाहिका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेका छौँ । बरामद भएका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउछौँ ।’
बिहीबार मात्रै करिब ८० लाख भन्दा बढी मुल्य बराबरको मोटरसाइकल सम्बन्धित धनिलाई बुझाएको महाशाखाले जानकारी दिएको छ । यस वर्ष मात्रै करिब १६ करोड मुल्य बराबरको मोटरसाइकल नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । यस आर्थिक वर्षमा मात्रै महाशाखाले हराएका २ सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया