कैलालीमा अवैध सम्बन्धपछि सुपारी दिएर पुरुषको हत्या

धनगढी : कैलालीको गोदावरी नगरपालिका-५ गेटामा फागुन १५ गते मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । ३७ वर्षीया जयन्ती चौधरीलाई प्रहरीले रानाको हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको हो ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जयन्तीले रानाको योजना बनाएर हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जानकारी दिए ।
‘विगत केही महिनादेखि मृतक राना र अभियुक्त चौधरीबीच अवैध सम्बन्ध रहेछ,’ एसपी जबराले भने, ‘विवाद भएपछि केही समयका लागि सम्बन्ध विग्रिएको तर फेरी दुबै जनाको सहमती भएको देखिन्छ । चौधरीले अन्य युवतीसंग पनि रानाको सम्बन्ध रहेको थाहा पाएपछि योजना बनाएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।’
उनले हत्यामा थप दुई जनाको संलग्नता भएको बताउँदै खोजी भइरहेको जानकारी दिए । हत्याका लागि चौधरीले फरार दुई जनालाई सुपारी दिएकोसमेत प्रहरी उपरीक्षक जबराले बताए । तर उनले रकम भने खुलाएनन् । प्रहरीका अनुसार मृतक र आरोपित दुवै जना विवाहित हुन् । शिवचरणको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको दाबी छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया