बागमती प्रदेश यातायात व्यवस्थापन बोर्डको निर्देशकमा ढुंगाना

हेटौंडा : बागमती प्रदेश सरकारले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यकारी निर्देशकमा जगदिशचन्द्र ढुंगानालाई नियुक्त गरेको छ । ढुंगाना भक्तपुर चाँगुनारायणका बासिन्दा हुन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविनकुमार सिंहले ढुंगानालाई ४ वर्षको लागि करार सेवामा नियुक्त गरेको जानकारी दिए ।
बागमती प्रदेश सरकारले बोर्डको २ कार्यकारी उपनिर्देशक पनि नियुक्त गरेको छ । काठमाडौंका रविन्द्र महर्जन र काभ्रेका श्याम सुन्दर सापकोटालाई उपनिर्देशक नियुक्त गरिएको जानकारी प्रवक्ता सिंहले दिए । उपनिर्देशकहरूलाई पनि ४ वर्षको लागि करार सेवामा नियुक्त गरिएको हो ।
यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको निर्देशक र उपनिर्देशकको नियुक्तिसँगै बोर्डले आफ्ना कार्य अगाडि बढाउने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताए ।
बोर्डले अब विद्युतीय बसको खरिद प्रक्रिया अगाडि बढाउने मन्त्री फुँयालले बताए । मन्त्रालयले ४१ वटा विद्युतीय बस खरिद गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यसअघि नै प्रस्ताव पेश गरिसकेको छ । यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको गठन भएपनि निर्देशक र उपनिर्देशक नभएकाले विद्युतीय बस खरिद पक्रिया अगाडि बढेको थिएन् ।

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया