कोभिडले इटलीमा गरीबीको दर उच्च

रोम : कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ । इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ ।
करिब छ करोड जनसङ्ख्या रहेको यस यूरोपेली मुलुकमा पूर्ण गरीबीमा रहेका मानिसहरूको सङ्ख्यामा सन् २०२० मा १० लाख वृद्धि भई ५६ लाख पुगेको छ ।
इटालीको तथ्याङ्क कार्यालय ‘स्टाट’ का अनुसार इटलीमा गरिबको रूपमा हेरिएका घरपरिवारको संख्या १७ लाखबाट बढेर २० लाख पुगेको छ भने उनीहरूले खाद्यान्नलगायतका दैनिक जीवनका आधारभूत आवश्यकता धान्न नसक्ने अवस्था रहेको छ ।
प्रतिशतको हिसाबले ९.४ प्रतिशत व्यक्ति र ७.७ प्रतिशत परिवारहरूलाई गरिबको रूपमा वर्गीकृत गरिएको छ । यो इटलीले गरिबीको तथ्याङ्कको लोखाजोखा राख्न थालेपछिको सबैभन्दा उच्च तह हो ।
सन् २००५ मा केवल तीनदेखि चार प्रतिशत इटालियाली परिवार तथा व्यक्तिहरू पूर्ण गरिबीमा रहेका ‘स्टाट’ले उल्लेख गरेको छ ।
सन् २०११ पछि यो दर बढेपछि इटालीले चरम आर्थिक सङ्कटको सामना गर्यो र त्यसबेलादेखि तुलनात्मक रूपमा सामान्य वृद्धि हुँदै आएको थियो ।
तथ्याङ्क अनुसार इटलीमा औसत मासिक घरेलु खर्च सन् २०२० मा सन् २०१९ को तुलनामा ९.१ प्रतिशत घटेर दुई हजार ३०० यूरो (करिब दुई हजार ८०० अमेरिकी डलर) पुगेको छ । यो तथ्याङ्क सन् २००० पछिको सबैभन्दा न्यून हो ।
इटली कोरोनाभाइरस महामारीको कारणले अत्यधिक ग्रस्त यूरोपको पहिलो मुलुक हो ।
कोभिड–१९ का कारण इटलीमा करिब एक लाख नागरिकले ज्यान गुमाएका छन् । गत वर्ष दोस्रो विश्वयुद्धपछि इटलीले सबैभन्दा खराब मन्दीको सामना गरेको छ ।
‘स्टाट’ले भनेको छ, 'इटलीको औसत कूल गार्हस्थ उत्पादन सन् २०२० मा घटेर झण्डै चार लाख ५० हजार अर्थात् नौ प्रतिशतले घटेको र यसका कारण प्रायः महिला, युवा कामदार तथा स्वरोजगार नागरिकले रोजगारी गुमाएका छन् ।' (एएफपी)

कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो

गाजामा इजरायली हमलाको ४८ घण्टा : ९० जना बढीको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_qBNVJIPrhu_l3utme1hsqfkyorlahbkx4jqm75swnsk9zbugbrpmvb7mnknoizrcevru7s9.jpg)
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

कंगोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

‘फोटो अफ द इयर’ पुरस्कार पाउने समर, जसले फोटोग्राफीको तालिमसम्म लिएकी छैनन्

हुँदैछ विश्वको पहिलो वीर्य दौड प्रतियोगिता

प्रतिक्रिया