चीनले ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य, रक्षामा बजेट बढायो

बेइजिङ : चीनले सन् २०२१ कालागि ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । चिनियाँ प्रधानमन्त्री लि क्विङले संसद्मा नेसनल पीपल्स कंग्रेस (एनपीसी) मा शुक्रबार यो घोषणा गरेका हुन् ।
चीनले रक्षा बजेटलाई बढाएर २ खर्ब ९ अर्ब अमेरिकी पुर्याएको छ । गत आर्थिक वर्षको तुलनामा ६ दशमलव ८ प्रतिशत बढी हो ।
रक्षा बजेट बढाएपछि एनपीसीका प्रवक्ता झाङ यसुईले अन्तर्राष्ट्रीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार राष्ट्रिय सुरक्षालाई मजबूत बनाउनेमा चीनको कोसिस जारी छ । बजेट बढाउनुको उद्देश्यले कुनै देशलाई लक्षित गरेर वा खतरा महसुस गरेर होइन नभएको उनले स्पष्ट पारेका छन् ।
सन् २०२०मा चीनको अर्थव्यवस्था २ दशमलव ३ प्रतिशतले बढेको थियो । जुन ४५ वर्षयताकै कम हो । पछिल्लो वर्ष चीनको अर्थव्यवस्थामा कोरोना भाइरसको प्रभाव पर्यो । तर आफूलाई चाडै उकास्न चीन सफल बनेको छ । - एजेन्सी

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया