‘रामसेतु’का लागि अक्षयकुमारले छाने दुई हिरोइन

मुम्बई : बलिउडमा जहाँ आमिर खान, शाहरुख खान जस्ता हिरो तीन चार वर्षमा बल्ल एउटा फिल्म रिलिज गर्छन् वहीँ अक्षयकुमार वर्षमै तीन चार फिल्म रिलिज गर्छन् । यो साल पनि उनका चार फिल्म रिलिज डेट बुक गरिसकेका छन् ।
वर्षको अन्त्यमा सम्ममा थप एक दुई फिल्म रिलिज भए पनि अचम्म नमान्दा हुुन्छ । तर, रिलिजसँगै अक्षयकुमार फिल्म सुटिङमा पनि उत्तिकै व्यस्त छन् ।
हाल लखनउमा ‘बच्चन पाण्डेय’को सुटिङ गरिरहेका अक्षयकुमारले यो फिल्मको सुटिङ सकाएसँगै ‘रामसेतु’को सुटिङ सुरु गर्नेछन् ।
तर, फ्लोरमा जाने समय नकिकिँदै गर्दा पनि उनले फिल्मका हिरोइन टुंगो लगाउन सकेका थिएनन् । तर, बिहीबार उनले फिल्मका लागि दुई हिरोइन फाइनल गरेको खबर छ । खबर अनुसार उनले ज्याकलिन फर्नान्डिज र नुसरत बरुचालाई फिल्मका लागि फाइनल गरेका छन् ।
अक्षय र ज्याकलिनको जोडी दर्शकले यसअघि पनि ‘ब्रदर्श’, ‘हाउसफुल २’ ‘हाउसफुल ३’मा देखिसकेका छन् तर नुसरत र अक्षयकुमारले भने पहिलो चोटि स्क्रिनसेयर गर्न लागेका हुन् । फिल्मलाई अभिषेक शर्माले निर्देशन गर्नेछन् ।

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

प्रतिक्रिया