एक महिना पछि धकेलियो ‘फास्ट उन्ड फ्युरियस’

लसएन्जल्स : ‘फास्ट उन्ड फ्युरियस’को नवौं भागको रिलिज फेरि एक महिना पर सरेको छ । यही अंग्रेजी वर्षको मे २८ मा रिलिज हुने घोषणा गरेको फिल्म सरेर जुन २९ मा पुगेको हो ।
फिल्म रिलिज सर्नुमा अमेरिकी राष्ट्रपति जो बाइडनको घोषणालाई मुख्य कारण मानिएको छ । बाइडनले गत मंगलबार मेसम्ममा खोप लगाउने चाहाने हरकोही नागरिकले खोप पाइसक्ने बताएका थिए ।
बाइडनको यही भनाइलाई मध्येनजर गर्दै स्टुडियोले फिल्मको प्रदर्शन मिति पछि सारेको बताइएको छ । अमेरिकाका धेरै राज्यमा अहिले पनि हल खोल्नु अनुमति दिइएको छैन । केही दिन अघि न्युयोर्कले मात्र हल खोल्ने अनुमति दिएको थियो ।
त्योबाहेक विश्वका धेरै देशले अहिले पनि हल खोल्ने अनुमति दिएका छैनन् । फिल्म निर्माता युनिभर्सलले यही कारणले रिस्क लिन नचाहेको हलिउड रिपोर्टरले लेखेको छ ।
‘फास्ट उन्ड फ्युरियस’ सरेसँगै मेमा ‘ब्ल्याक विडो’मात्र रिलिज हुने सम्भावना बढेको छ । डिज्ने र मार्भलले भने आजका मितिसम्म यो फिल्म सार्ने÷नसार्ने कुनै निर्णय लिइसकेका छैनन् ।
सन् २०२० मै रिलिज हुन लागेका दुवै फिल्म सरेर यो साल आएका हुन् । ‘फास्ट उन्ड फ्युरियस’ सर्दा अक्षयकुमारलाई भने फाइदा भएको छ । किनकि ‘फास्ट उन्ड फ्युरियस’ सँगै अक्षयकुमारको ‘बेल बटम’ पनि रिलिज हुनेवाला थियो । ‘फास्ट उन्ड फ्युरियस’सरेपछि अब ‘बेल बटम’ भारतमा सोलो रिलिज हुने भएको छ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया