असोज १५ मा आउने भयो ‘कबड्डी ४’

काठमाडौं : सुटिङमा नजाँदै ‘कबड्डी ४’ले प्रदर्शन मिति तोकेको छ । वैशाखको पहिलो हप्ताबाट फ्लोरमा जाने तरखरमा रहेको फिल्मले दसैँको मुख पारेर हलमा आउने निर्णय गरेको हो । निर्माण टिमले अघिल्लो सिरिजको सो रिल सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
‘कबड्डी ३’ पनि ‘कबड्डी ४’ झैं दसैँको १५ दिन अगाडि प्रदर्शनमा आएको थियो । यो समयमा फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाइ गरेको थियो । सोही इतिहास दोहो¥याउने अपेक्षासहित फिल्मले दसैँको छेको पारेर प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
निर्माण टिमले ‘कबड्डी ४’लाई सिरिजको अन्तिम फिल्म रहने जनाएको छ । अन्तिम भागमा पहिलो, दोस्रो र तेस्रो भागका कलाकार रहन पनि निर्माण टिमले जनाएको छ । योसँगै अन्तिम भागमा सौगात मल्ल रहने कन्फर्म छ तर पहिलो भागका निर्माण साझेदार निश्चल बस्नेत फिल्ममा रहन्छन् कि रहन्नन्, निर्माण टिमले खुलाएको छैन । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले इकागजसँगको कुराकानीमा फिल्म निश्चल नरहने जानकारी गराएका थिए ।
योबाहेक फिल्ममा हिरोइन को रहने भन्ने पनि खुलाइएको छैन । तर, केही दिनअघि भाटभटेनीको विज्ञापनमा उपासना सिंह ठकुरी, दयाहाङ राई, बुद्धि तामाङ र विजय बरालसँगै देखिएकी थिइन् । यसले चौथो भागमा पनि उपासना रहने आधारलाई पुष्टि गर्छ । तेस्रो भागमा पनि उपासनाले नै मैयाको भूमिका निर्वाह गरेकी थिइन् । सबै शृंखलाको निर्देशन रामबाबु गुरुङले गर्दै आइरहेका छन् ।

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

प्रतिक्रिया