काठमाडौँमा अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

काठमाडौँ: अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । दशरथ रंगशालामा आउँदो चैत ९ देखि १७ सम्म खेलाइने प्रतियोगितामा नेपालका अलावा बंगलादेश र किर्गिस्तानको सहभागिता रहनेछ ।
प्रतियोगितामा बंगलादेशले सिनियर टिमलाई पठाउने भएपनि किर्गिस्तानबाट भने अण्डर-२३ टोलीलाई पठाइन लागेको एन्फाले जनाएको छ । फिफाको मान्यता रहने प्रतियोगिता राउण्ड रोबिनमा खेलाइनेछ । जम्मा चार खेल हुने प्रतियोगितामा शीर्ष दुईमा रहने टिम फाइनलमा पुग्नेछन् ।
विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट चरणका खेलहरू स्थगित हुँदा त्यस अवधिमा राष्ट्रिय टोलीका लागि कुनै अन्तराष्ट्रि खेल तालिका नभएका कारण एन्फाले तीन टिम सम्मिलत प्रतियोगिता गर्न लागेको बताएको छ ।

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

प्रतिक्रिया