नागमणीका नाममा ठगी गर्ने तीन जना पक्राउ

नेपालगञ्ज : नागमणी दिने भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नागमणी दिने भन्दै दाङबाट एक करोड ८९ लाख ५० हजार रकम लिइ फरार तीन जनालाई बाँके प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका ४ का धनबहादुर रोका, सल्यान कुमाख गाउँपालिका ५ का कृष्ण शाह र शारदा नगरपालिका ९ बस्ने डिल्लीबहादुर बोहरा छन् ।
उनीहरूले घोराही उपमहानगरपालिका १७ निवासी माधवप्रसाद घिमिरेलाई आफूसँग बहुमुल्य नागमणी भएको एक करोड ८९ लाख ५० हजार रुपैयाँ लिइ फरार भएका थिए ।
पीडित घिमिरेको जाहेरीका आधारमा बाँके प्रहरीले कार्तिक १५ गते नेपालगञ्ज उपमहानगरपालिका वडानम्वर १ बाट उनीहरुलाई ४० लाख रकमसहित पक्राउ गरेको हो ।

चार सय वर्ष पुरानो सिवालय ओझेलमा

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

प्रतिक्रिया