बलात्कार आरोपी कारागार चलान

काठमाडौँ : एक वर्ष अघि भएको बलात्कार घटनाका आरोपितलाई आज अदालतले कारागार चलान गरेको छ । जिल्ला न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले खडक नगरपालिका-७ कल्याणपुरका २५ वर्षीय मो समरुद्दिन मियाँलाई आज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाउने आदेश गरेको हो ।
एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार रहेका आरोपितलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । प्रहरीले आज आरोपितलाई अदालतमा पेश गरेकोमा अदालतले थुनामा पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । आमासँगै जिल्ला प्रहरी कार्यालय पुग्नु भएकी पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो ।
खडक नगरपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा रहेको आँपको बगैँचामा ०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको बताइएको छ । पीडितका अनुसार चिनजानका आरोपितले केही जरुरी कुरा गर्नु छ भनी आँपको बगैँचामा लगेर नियन्त्रणमा लिई डर, धाक, धम्की देखाई अनुचित प्रभावमा पारी मुख थुनी, भाग्न उम्कन, रुन कराउन नदिई बलात्कार गरेको र कसैलाई भने ज्यान मार्ने डर, धाक दिए थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया